राजेन्द्र लिङ्देनको प्रश्न : गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ?

काठमाडाैं | चैत १५, २०७९

राजेन्द्र लिङ्देनको प्रश्न : गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ?

काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडितको समस्या सम्बोधनमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।  संसद्को विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष लिङदेनले तत्काल मिटरब्याज पीडितको समस्या समाधान हुनुपर्ने बताए।

 

उनले मिटरब्याज पीडितको  समस्यामा ढाकछोप र अलमल्याउने काम नगर्न पनि आग्रह  गरे।

 

अध्यक्ष लिङ्देनले मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउन जाँदा आफ्नो पार्टीका नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको र त्यसमा सत्तापक्षका दलका कार्यकर्ताको संलग्नता रहेको भन्दै आक्रोश व्यक्त गरे। 

 

‘के सरकार मुठभेड तर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन?,'उनले प्रश्न गरे।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्